# जोड्ने कथनः पावलले कलस्सी र लाउडिकियामा भएका विश्‍वासीहरूलाई ख्रीष्‍ट परमेश्‍वर हुनुहुन्छ र उहाँ विश्‍वासीहरूमा बस्नुहुन्छ भन्ने कुरा बुझ्नलाई प्रोत्साहन गरिरहेका छन्, यसैकारण तिनीहरूले त्यसरी नै जिउनुपर्छ जसरी तिनीहरूले उहाँलाई ग्रहण गरे । # मैले तिमीहरूको निम्ति कति ठूलो सङ्घर्ष गरेको छु तिनीहरूको शुद्धता र सुसमाचारको बुझाइलाई विकास गर्न पावलले धेरै परिश्रम गरेका छन् । # लाउडिकियामा भएकाहरू यो कलस्सेको धेरै नजिकैमा रहेको सहर थियो जहाँ एउटा मण्डली पनि थियो जसको लागि पावलले प्रार्थना गरिरहेका थिए । # ती सबै जसले मेरो अनुहार आमने सामने देखेका छैनन् यहाँ “अनुहार”ले सम्पूर्ण व्यक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू सबै जसले मलाई व्यक्तिगत रूपमा भेटेका छैनन्” वा “तिनीहरू सबै जसलाई मैले आमने सामने कहिल्यै भेटेको छैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])