# हेर “हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्‍छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]]) # नपुंसक “नपुंसक” शब्दले इथियोपियाको मानिस उच्‍च सरकारी अधिकारी थिए भन्‍ने कुरालाई जोड दिएको छ, तिनको अङ्ग कटनी भएको शारीरिक अवस्थालाई होइन । # कन्दाकी यो इथियोपियाका रानीहरूको पद हो । यो मिश्रका राजाहरूलाई “फारो” भने जस्तै हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]]) # तिनी आराधनाको लागि यरूशलेम आएका थिए यसले तिनी एक अन्‍यजाति थिए, जसले परमेश्‍वरमा विश्‍वास गर्दथे र आराधना गर्न यरूशलेममा आएका थिए भन्‍ने अर्थ दिन्छ । वैकल्‍पिक अनुवादः “तिनी यरूशलेममा भएको परमेश्‍वरको मन्‍दिरमा आराधना गर्न आएका थिए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])