# प्रेरितहरू ०६ सामान्य टिपोटहरू ## यस अध्यायमा भएका विशेष अवधारणाहरू ### विधवाहरूलाई बाँडफाँड यरूशलेमका विश्‍वासीहरूले एकल महिलाका हरेक दिन खाद्यान्‍न वितरण गर्थे । ती सबै महिला यहूदी परिवारमा हुर्केका थिए । तीमध्‍ये कोही यहूदियामा बस्‍थे र हिब्रू भाषा बोल्‍थे भने, अरू अन्‍यजाति क्षेत्रमा बसोबास गर्थे र ग्रीक भाषा बोल्‍थे । खद्यान्‍न बाँड्नेहरूले हिब्रू भाषा बोल्‍ने विधवालाई दिन्‍थे र ग्रीक भाषा बोल्‍ने विधवालाई दिंदैनथे । परमेश्‍वरलाई मन परोस् भनेर ग्रीक भाषा बोल्‍ने विधवाले खाद्यान्न आफ्‍नो भाग पाउन सकुन् भनेर मण्‍डलीले ग्रीक भाषा बोल्‍ने मानिसहरूलाई नियुक्त गर्‍यो । यी नै ग्रीक भाषा बोल्‍ने मानिसहरूमध्‍ये एक जना स्‍तिफनस हुन् । ## यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू ### “उनको मोहडा कुनै स्वर्गदूतको मोहडा झैँ थियो” स्‍तिफनसको अनुहार स्‍वर्गदूतको जस्‍तो थियो भन्‍दा त्‍यो कस्‍तो थियो भनेर कसैलाई पनि थाहा छैन । किनभने लूकाले हामीलाई भनेका छैनन् । यसर्थ यसको बारेमा यूएलटीले जे भन्‍छ, त्‍यो मात्र अनुवाद गर्नु उत्तम हुन्‍छ ।