# सामान्य जानकारीः यूहन्‍नाले नयाँ स्वभावको बारेमा सिकाइरहन्छन् । उनले आफ्ना पाठकहरूलाई परमेश्‍वरको प्रेम र एकले अर्कालाई प्रेम गर्नुपर्ने विषयमा सिकाउँछन् । # प्रियहरू, हामी प्रेम गरौँ “तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु, हामी प्रेम गरौँ” वा “प्रिय मित्रहरू, हामी प्रेम गरौँ ।” तपाईंले “प्रियहरू”लाई [१ यूहन्ना २:७](../02/07.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । # हामी एकले अर्कालाई प्रेम गरौँ “विश्‍वासीहरूले अरू विश्‍वासीहरूलाई प्रेम गर्नुपर्छ” # अनि हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो र त्यसले परमेश्‍वरलाई चिन्छ “र किनभने आफ्ना सङ्गी विश्‍वासीहरूलाई प्रेम गर्नेहरू परमेश्‍वरका सन्तानहरू भएका छन् र तिनीहरूले उहाँलाई चिन्छन्” # किनभने प्रेम परमेश्‍वरबाटको हो “किनभने परमेश्‍वरले हामीलाई एक-अर्कालाई प्रेम गर्ने तुल्याउनुहुन्छ” # परमेश्‍वरबाट जन्मेको यो एउटा अलङ्कार हो, जसको अर्थ कोही व्यक्तिसँग छोराको आफ्‍नो बाबुसँग भएको जस्तो परमेश्‍वरसँग सम्बन्ध छ भन्‍ने हुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])