ne_tn/col/02/13.md

16 lines
2.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जब तिमीहरू मृत थियौ
पावलले परमेश्‍वरलाई प्रतिक्रिया जनाउन नसक्‍ने अवस्थाको विषयमा त्यो मृत्यु नै भए झैँ गरेर बताउँछन् । वैकल्‍पिक अनुवादः “जब तिमी कलस्‍सी विश्‍वासीहरू परमेश्‍वरलाई जवाफ दिन असक्षम थियौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिमीहरू मरेका थियौ ... उहाँले तिमीहरूलाई जीवित पार्नुभयो
यस अलङ्कारको साथमा, पावलले नयाँ आत्मिक जीवनमा आउने कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो चाहिँ पुनः शारीरिक रूपमा जीवनमा आउनु हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिमीहरूका अपराधहरूमा र तिमीहरूको शरीरको बेखतनामा मरेका
तिमीहरू दुईवटा लेखाको लागि मरेका थियौः १) ख्रीष्‍टको विरुद्धमा पापको जीवन जिउँदै तिमीहरू आत्मिक रूपमा मरेका थियौ र २) तिमीहरू मोशाको व्यवस्था अनुसार खतना भएका थिएनौ ।
# हामीलाई हाम्रा सबै अपराधहरू क्षमा गर्नुभयो
“उहाँले हामीलाई, हामी यहूदीहरू र तिमी अन्यजातिहरू दुवैलाई, हाम्रा सबै अपराधहरू क्षमा गर्नुभयो”