ne_rom_text_ulb/04/18.txt

1 line
1011 B
Plaintext

\v 18 यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्‍वरमा दृढतासाथ भरोसा गरे । त्यसैले, उनी “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने । \v 19 उनी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि उनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि उनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि उनले स्वीकार गरे ।