ne_rom_text_ulb/16/01.txt

1 line
811 B
Plaintext

\c 16 \v 1 किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु, \v 2 ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर्न सक । यो परमेश्‍वरका पवित्र जनहरूलाई सुहाउँदो प्रकारले गर, अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर, किनकि तिनी धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् ।