ne_rom_text_ulb/15/30.txt

1 line
1.2 KiB
Plaintext

\v 30 भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा बिन्ती गर्छु, कि मेरो निम्ति तिमीहरूको परमेश्‍वरसितको प्रार्थनामा तिमीहरू मसँग एकसाथ प्रयत्‍न गर । \v 31 यो प्रार्थना गर, कि म यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा परमेश्‍वरका पवित्र जनहरूलाई ग्रहणयोग्य हुन सकोस् । \v 32 प्रार्थना गर, कि म परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ ।