ne_rom_text_ulb/12/06.txt

2 lines
1.2 KiB
Plaintext

\v 6 हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने,
त्यसको विश्‍वासको परिमाणअनुसार गरियोस् । \v 7 यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् । \v 8 यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले त्यो उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यो होसियारीसाथ गरियोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्यो प्रसन्‍नतासाथ गरियोस् ।