ne_rom_text_ulb/11/01.txt

1 line
1.4 KiB
Plaintext

\c 11 \v 1 त्यसो भए म भन्छु, के परमेश्‍वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त? त्यस्तो कहिल्यै नहोस् । किनकि म पनि अब्राहामको सन्तान, बेन्यामीन कुलका एक इस्राएली हुँ । \v 2 परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो मानिसलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्‍‍त्रले के भन्छ अर्थात् तिनले इस्राएलको विरुद्धमा परमेश्‍वरसँग कसरी बिन्ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? \v 3 “हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म एक्लै छोडिएको छु, र तिनीहरूले मेरो ज्यान लिन खोजिरहेका छन् ।”