ne_rom_text_ulb/06/15.txt

1 line
907 B
Plaintext

\v 15 त्यसो भए के त? के हामी व्यवस्थामुनि छैनौं, तर अनुग्रहमुनि छौं भनेर हामी पाप गरौं त? यस्तो कहिल्यै नहोस् । \v 16 के तिमीहरू जान्दैनौ, यदि तिमीहरूले आफैंलाई दासहरूको रूपमा समर्पण गर्छौ भने, तिमीहरूले जसको आज्ञा पालन गर्छौ त्यसैका तिमीहरू दास हौ? तिमीहरू या त मृत्युमा पुर्‍याउने पापका दासहरू हौ, या धार्मिकतामा पुर्‍याउने आज्ञाकारिताका दासहरू हौ ।