ne_rom_text_ulb/04/16.txt

1 line
1.2 KiB
Plaintext

\v 16 यसैकारण यो विश्‍वासद्वारा हुन्छ, ताकि प्रतिज्ञा अनुग्रहमा भर परोस् र अब्राहामका सारा सन्तानहरूका निम्ति निश्‍चित होस्—व्यवस्थामुनि भएकाहरूका लागि मात्र होइन, तर अब्राहामको विश्‍वासमा हुनेहरूका निम्ति पनि हो । तिनी हामी सबैका पिता हुन्, \v 17 जस्तो लेखिएको छ, “मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु ।” अब्राहाम आफूले भरोसा गरेका परमेश्‍वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई बोलाई अस्तित्वमा ल्याउनुहुन्छ ।