ne_rom_text_ulb/04/13.txt

1 line
977 B
Plaintext

\v 13 किनकि अब्राहाम संसारको उत्तराधिकार हुनेछ भन्‍ने तिनी र तिनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा व्यवस्थाद्वारा आएको होइन तर विश्‍वासको धार्मिकताद्वारा आएको हो । \v 14 किनकि यदि व्यवस्थाअनुसार जिउनेहरू उत्तराधिकारीहरू हुन् भने, विश्‍वासलाई त रित्तो बनाइन्छ, र प्रतिज्ञालाई रद्द गरिन्छ । \v 15 किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन, त्यहाँ कुनै अपराध हुँदैन ।