ne_rom_text_ulb/02/25.txt

1 line
1.2 KiB
Plaintext

\v 25 किनकि यदि तिमीले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीलाई लाभ दिन्‍छ, तर यदि तिमी व्‍यवस्‍था भङ्‌ग गर्छौ भने, तिम्रो खतना बेखतना हुन्‍छ । \v 26 यदि बेखतने व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्‍यसको बेखतना खतना नै ठानिनेछैन र? \v 27 र यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पूरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित व्‍यवस्‍था र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो ।