ne_rom_text_ulb/02/17.txt

1 line
1.0 KiB
Plaintext

\v 17 तर यदि तिमी आफैंलाई यहूदी भन्छौ र व्यवस्थामाथि भर परेर , परमेश्‍वरमा गर्व गर्छौ, \v 18 र उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर असल कुराहरूको मन्जूर गर्दछौ; \v 19 र यदि तिमी विश्‍वस्‍त छौ कि तिमी आफैं अन्धाहरूका अगुवा हौ, अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, \v 20 मूर्खलाई सुधार गर्ने हौ, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ भने, यसले तिमीले जिउने तरिकामा कसरी असर पार्छ?