ne_rom_text_ulb/01/20.txt

1 line
995 B
Plaintext

\v 20 किनकि संसारको उत्‍पत्तिदेखि बनाइएका कुराहरूमा उहाँका अद‍ृश्य गुणहरू अर्थात् उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, स्पष्‍ट रूपमा देखिने भएका छन् । त्यसैले तिनीहरूलाई कुनै बहाना छैन । \v 21 किनभने तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा दिएनन् न त धन्यवाद दिए । बरु तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो भए ।