ne_jhn_text_reg/03/31.txt

1 line
939 B
Plaintext

\v 31 माथिबाट आउनुहुने सबैभन्दा माथि हुनुहुन्छ । जो पृथ्‍वीबाटको हो त्यो पृथ्वीकै हो, र त्यसले पृथ्‍वीका कुराहरू बोल्दछ । जो स्वर्गबाट आउनुहुन्छ, उहाँ सबैभन्दा माथि हुनुहुन्छ । \v 32 उहाँले जे देख्‍नु र सुन्‍नुभएको छ, त्यसको गवाही दिनुहुन्छ, तर उहाँको गवाही कसैले स्वीकार गर्दैन । \v 33 उहाँको गवाही ग्रहण गर्नेले परमेश्‍वर सत्य हुनुहुन्छ भन्‍ने पुष्‍टि गरेको छ ।