ne_jhn_text_reg/02/17.txt

1 line
785 B
Plaintext

\v 17 उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोसले मलाई जलाउँछ ।” \v 18 तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र यसो भने, “तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न‍ देखाउँछौ ?” \v 19 येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु ।”