ne_jhn_text_reg/01/46.txt

1 line
1015 B
Plaintext

\v 46 नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्‍छ र ?” फिलिपले उनलाई भने, “आएर हेर !” \v 47 येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्‍नुभयो र उनलाई उनको बारेमा भन्‍नुभयो, “हेर, कुनै छल नभएका एक इस्राएली !” \v 48 नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्‍नुहुन्‍छ ?” येशूले उनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “फिलिपले बोलाउनुभन्‍दा पहिले तिमी नेभाराको रुखमुनि हुँदा नै मैले तिमीलाई देखेँ ।”