ne_jhn_text_reg/21/04.txt

1 line
1.1 KiB
Plaintext

\v 4 अब बिहान सबेरै येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन् । \v 5 त्यसैले येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।” \v 6 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्‍न सकेनन् ।