ne_jhn_text_reg/21/01.txt

1 line
1.1 KiB
Plaintext

\c 21 \v 1 यी कुराहरूपछि फेरि येशूले आफैंलाई तिबेरियासको समुद्रमा चेलाहरूकहाँ प्रकट गर्नुभयो । उहाँले आफैंलाई यसरी प्रकट गर्नुभयोः \v 2 सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए । \v 3 सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदैछु ।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौं ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले केही पक्रेनन् ।