ne_jhn_text_reg/20/11.txt

1 line
1.0 KiB
Plaintext

\v 11 तर मरियमचाहिं रुँदै चिहानबाहिर उभिएरहेकी थिइन् । तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन् । \v 12 तिनले सेतो पहिरनमा दुई जना स्वर्गदूतलाई, एउटा शिरपट्टि र अर्को पाउपट्टि बसिरहेका देखिन् जहाँ येशूको शरीर राखिएको थियो । \v 13 तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”