ne_jhn_text_reg/20/01.txt

1 line
862 B
Plaintext

\c 20 \v 1 अब हप्‍ताको पहिलो दिन सबेरै अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले चिहानबाट ढुङ्गा हटाइएको देखिन् । \v 2 यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले माया गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगे, अनि तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, हामी जान्दैनौं ।”