ne_jhn_text_reg/19/28.txt

1 line
1.1 KiB
Plaintext

\v 28 यसपछि येशूले सबै कुरा अब सिद्धिए भन्‍ने जान्‍नुभयो र त्यसैले धर्मशास्‍‍त्र पूरा होस् भनेर उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो ।” \v 29 अमिलो दाखमद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो, त्यसैले तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा पुर्‍याइदिए । \v 30 जब येशूले अमिलो दाखमद्य लिनुभयो, उहाँले भन्‍नुभयो, “अब सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्‍मा त्याग्‍नुभयो ।