ne_jhn_text_reg/19/23.txt

1 line
1.2 KiB
Plaintext

\v 23 सिपाहीहरूले येशूलाई क्रूसमा टाँगेपछि तिनीहरूले उहाँका वस्‍‍त्र लिए, प्रत्‍येक सिपाहीको लागि एक-एक भाग हुने गरी त्यसलाई चार भागमा बाँडे; र लबेदा पनि । अब लबेदाचाहिं सिउनीविनाको माथिदेखि पूरै बुनेको थियो । \v 24 तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौं, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौं ।” धर्मशास्‍‍‍त्रको वचन पूरा होस् भनेर यसो भयो, “तिनीहरूले मेरो वस्‍‍त्र आपसमा भाग लगाए र मेरो वस्‍‍त्रको लागि चिट्ठा हाले ।” सिपाहीहरूले यसो गरे ।