ne_jhn_text_reg/19/10.txt

1 line
779 B
Plaintext

\v 10 तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रूसमा टाँग्‍ने शक्‍ति छ भन्‍ने के तिमीलाई थाहा छैन?” \v 11 येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन । यसकारण जसले मलाई तपाईंको हातमा सुम्‍प्‍यो त्यसको पाप अझ ठुलो हुन्छ ।”