ne_jhn_text_reg/19/07.txt

1 line
780 B
Plaintext

\v 7 यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्‍यो ।” \v 8 जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए, \v 9 अनि तिनी फेरि सरकारी मुख्‍यालयभित्र पसे र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।