ne_jhn_text_reg/19/04.txt

1 line
1.4 KiB
Plaintext

\v 4 तब पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने, “हेर, मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदैछु, ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्‍ने तिमीहरूले जान्‍न सक ।” \v 5 त्यसैले काँढाको मुकुट र बैजनी रङको वस्‍‍त्र लगाएर येशू बाहिर आउनुभयो । पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर!” \v 6 जब मुख्य पूजाहारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्‍च सोरले कराए, र भने, “त्यसलाई क्रूसमा टाँग्‍नुहोस्, त्यसलाई क्रूसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैंले लैजाओ र यिनलाई क्रूसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।”