ne_jhn_text_reg/18/25.txt

1 line
946 B
Plaintext

\v 25 अब सिमोन पत्रुसचाहिं उभिएर आफूलाई न्यानो पार्दै थिए । अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि उनका चेलाहरूमध्येका एक जना होइनौ?” तिनले यो इन्कार गरे र भने, “म होइनँ ।” \v 26 अनि प्रधान पूजाहारीका सेवकहरूमध्ये पत्रुसले कान काटिदिएका सेवकका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैंचामा उनीसित देखिनँ र?” \v 27 तब पत्रुसले फेरि इन्कार गरे; र तुरुन्तै भाले बास्यो ।