ne_jhn_text_reg/18/22.txt

1 line
987 B
Plaintext

\v 22 जब येशूले यो कुरा भन्‍नुभएको थियो, त्यहाँ उभिरहेका अधिकारीहरूमध्ये एक जनाले येशूलाई एक मुक्‍का हाने र भने, “के प्रधान पूजाहारीलाई जवाफ दिने तेरो तरिका त्यही हो?” \v 23 येशूले त्यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलें भने, त्यो गलत कुराको गवाही देऊ, तर यदि ठिकै हो भने तिमी मलाई किन हिर्काउँछौ?” \v 24 अनि हन्‍नासले उहाँलाई बाँधेकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए ।