ne_jhn_text_reg/18/19.txt

1 line
1.1 KiB
Plaintext

\v 19 तब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे । \v 20 येशूले तिनलाई जवाफ दिनुभयो, “मैले संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैं सभाघरहरूमा र मन्दिरमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्‍तमा भनिनँ । \v 21 तपाईंहरूले मलाई किन सोध्‍नुभयो? तिनीहरूलाई नै सोध्‍नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन् ।”