ne_jhn_text_reg/18/17.txt

1 line
926 B
Plaintext

\v 17 तब महिला सेवक अर्थात् ढोकामा पालो बस्‍ने ठिटीले पत्रुसलाई भनी, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र?” तिनले भने, “म होइनँ ।” \v 18 अब सेवकहरू र अधिकारीहरू त्यहाँ उभिरहेका थिए, र तिनीहरूले आगोको भुङ्‌ग्रो बनाएका थिए, किनकि जाडो थियो, अनि तिनीहरूले आफैंलाई न्यानो बनाइराखेका थिए । पत्रुस पनि आफूलाई न्यानो पार्दै तिनीहरूसँगै उभिरहेका थिए ।