ne_jhn_text_reg/18/10.txt

1 line
689 B
Plaintext

\v 10 तब सिमोन पत्रुस जससँग तरवार थियो, तिनले त्यो थुतेर प्रधान पूजाहारीका सेवकलाई प्रहार गरे र उसको दाँया कान काटिदिए । त्यस सेवकको नाम माल्‍खस थियो । \v 11 येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवारलाई त्यसको म्यानमा राख । के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनुपर्दैन र?”