ne_jhn_text_reg/18/01.txt

1 line
1.1 KiB
Plaintext

\c 18 \v 1 यी कुराहरू बोलिसक्‍नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो । त्यहाँ एउटा बगैंचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो । \v 2 अब उहाँलाई विश्‍वासघात गर्ने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्यस बगैंचामा जानुहुन्थ्यो । \v 3 अनि मुख्य पूजाहारीहरू र फरिसीहरूले पठाएका सिपाहीहरूको एक समूह र केही अधिकारीहरू लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए ।