ne_jhn_text_reg/17/12.txt

1 line
1.2 KiB
Plaintext

\v 12 म तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँमा सुरक्षित राखें, जसलाई तपाईंले मलाई दिनुभएको छ । मैले तिनीहरूलाई सुरक्षा दिएँ, र विनाशको पुत्रबाहेक तिनीहरूमध्ये कोही पनि नष्‍ट भएन, ताकि धर्मशास्‍‍त्र पूरा होस् । \v 13 अब म तपाईंकहाँ आउँदैछु, तर म यी कुराहरू संसारमा भनिरहेको छु, ताकि तिनीहरूले मेरो आनन्द तिनीहरूमा पूरा भएको पाउनेछन् । \v 14 मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु, र संसारले तिनीहरूलाई घृणा गरेको छ किनभने जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन् ।