ne_jhn_text_reg/17/09.txt

1 line
1.2 KiB
Plaintext

\v 9 म तिनीहरूका लागि प्रार्थना गर्दछु । म संसारको निम्ति प्रार्थना गर्दिनँ तर तपाईंले मलाई दिनुभएकाहरूका निम्ति प्रार्थना गर्दछु, किनकि तिनीहरू तपाईंका हुन् । \v 10 सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका मेरा हुन्, र म तिनीहरूमा महिमित हुन्छु । \v 11 अब उप्रान्त म संसारमा हुन्‍नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदैछु । हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षित राख्‍नुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौं त्यसरी नै तिनीहरू एक होऊन् ।