ne_jhn_text_reg/17/06.txt

1 line
1.2 KiB
Plaintext

\v 6 तपाईंले मलाई संसारबाट दिनुभएका मानिसहरूकहाँ मैले तपाईंको नाउँ प्रकट गरें । तिनीहरू तपाईंका थिए, र तपाईंले तिनीहरू मलाई दिनुभयो, अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन् । \v 7 अब तपाईंले मलाई दिनुभएका सबै थोक तपाईंबाट नै आउँछन् भनी तिनीहरू जान्दछन्, \v 8 किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो । तिनीहरूले ती ग्रहण गरे र म तपाईंबाटै आएँ भनेर तिनीहरूले साँच्‍चै जाने, र तपाईंले नै मलाई पठाउनुभयो भनी तिनीहरूले विश्‍वास गरे ।