ne_jhn_text_reg/16/22.txt

1 line
1.2 KiB
Plaintext

\v 22 त्यसैले तिमीहरू अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु, अनि तिमीहरूको हृदय खुसी हुनेछ, र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन । \v 23 त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्‍नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै पनि कुरा माग्यौ भने यो उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ । \v 24 अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्द पूर्ण होस् ।