ne_jhn_text_reg/16/19.txt

1 line
1.5 KiB
Plaintext

\v 19 तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “'अब उप्रान्त तिमीहरूले मलाई केही बेरपछि देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ भनेर मैले के भन्‍न खोजेको हो भनी के तिमीहरूले एक आपसमा सोधिरहेका छौ?” \v 20 साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ । तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको दुःख आनन्दमा बद्‌लिनेछ । \v 21 जब स्‍‍त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनभने तिनको समय आएको छ, तर जब तिनले बच्‍चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्‍ने आनन्दले तिनलाई अब पीडाको सम्झना हुँदैन ।