ne_jhn_text_reg/15/23.txt

1 line
806 B
Plaintext

\v 23 जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ । \v 24 यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू नगरेको भए, तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् । \v 25 तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पूरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’