ne_jhn_text_reg/15/20.txt

1 line
1.2 KiB
Plaintext

\v 20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘सेवक त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताए भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन्; यदि तिनीहरूले मेरो वचन पालन गरे भने, तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् । \v 21 तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनभने मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन् । \v 22 यदि म नआएको, र तिनीहरूसँग नबोलेको भए त, तिनीहरूले पाप गर्ने थिएनन्, तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन ।