ne_jhn_text_reg/15/14.txt

1 line
748 B
Plaintext

\v 14 यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ । \v 15 अबदेखि म तिमीहरूलाई सेवकहरू भन्‍दिनँ, किनकि त्यसका मालिकले के गरिरहेछ सो सेवकले जान्दैन । मैले तिमीहरूलाई मित्रहरू भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा मैले तिमीहरूलाई प्रष्‍ट पारेको छु ।