ne_jhn_text_reg/15/05.txt

1 line
1.1 KiB
Plaintext

\v 5 म दाखको बोट हुँ, र तिमीहरू त्यसका हाँगाहरू हौ । जो ममा रहन्छ र म त्यसमा रहन्छु, त्यसले धैरै फल फलाउँछ, किनकि मबिना तिमीहरू केही पनि गर्न सक्दैनौ । \v 6 यदि कोही ममा रहँदैन भने, त्यसलाई हाँगालाई झैं फालिन्छ र त्यो सुक्‍छ, अनि तिनीहरूले हाँगाहरू बटुल्छन् र ती आगोमा फालिदिन्छन्, अनि ती जलाइन्छन् । \v 7 यदि तिमीहरू ममा रहन्छौ र मेरा वचनहरू तिमीहरूमा रहन्छन् भने, तिमीहरू जे इच्छा गर्छौ सो माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ ।”