ne_jhn_text_reg/14/25.txt

1 line
1.0 KiB
Plaintext

\v 25 म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु । \v 26 तापनि सल्लाहकार—पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ—उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ । \v 27 म तिमीहरूलाई शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूका हृदय विचलित नहोस्, र भयभीत नहोस् ।