ne_jhn_text_reg/14/08.txt

1 line
784 B
Plaintext

\v 8 फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, र त्यो नै हामीलाई पर्याप्‍त हुनेछ ।” \v 9 येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयदेखि रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ?”