ne_jhn_text_reg/14/04.txt

1 line
1021 B
Plaintext

\v 4 तिमीहरूले म जहाँ गइरहेको छु त्यो बाटो चिन्छौ ।” \v 5 थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौं, हामीले बाटो कसरी चिन्‍न सक्छौं?” \v 6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन । \v 7 यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍नेथियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ र उहाँलाई देखेका छौ ।”