ne_jhn_text_reg/14/01.txt

1 line
1.0 KiB
Plaintext

\c 14 \v 1 “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमाथि विश्‍वास गर्छौ, ममाथि पनि विश्‍वास गर । \v 2 मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु । \v 3 यदि म जान्छु र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई आफैंसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।