ne_jhn_text_reg/10/34.txt

1 line
1011 B
Plaintext

\v 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “‘मैले भनेँ, ‘तिमीहरू ईश्‍वरहरू हौ’ भन्‍ने के तिमीहरूका व्यवस्थामा लेखिएको छैन ?” \v 35 यदि उहाँले तिनीहरूलाई ईश्‍वरहरू भन्‍नुभयो भने परमेश्‍वरको वचन कसकहाँ आयो ? (अनि धर्मशास्‍त्रलाई भङ्ग गर्न सकिँदैन ।) \v 36 के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्‍वर-निन्दा गरिरहेको छस्’ भन्छौ ?