ne_jhn_text_reg/08/54.txt

1 line
1.1 KiB
Plaintext

\v 54 येशूले जवाफ दिनुभयो, “यदि म आफैँले आफ्नो महिमा गरेँ भने मेरो महिमा केही पनि होइन । मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू तिमीहरूका परमेश्‍वर भन्दछौ । \v 55 तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्छु भने म झुटजस्तै हुन्थेँ । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु । \v 56 तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए र उनले यो देखे, र खुसी भए ।