ne_jhn_text_reg/03/19.txt

1 line
941 B
Plaintext

\v 19 न्यायको कारण यही होः ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए किनभने तिनीहरूका कार्यहरू दुष्‍ट थिए । \v 20 किनकि दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् । \v 21 तापनि सत्य अभ्यास गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्‍वरमा गरिएका त्यसका कामहरू स्‍पष्‍टरूपमा प्रकट होऊन् ।